Dhulikhel Eco Banner new

आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

2.42K
shares

काठमाडौं, १६ जेठ । सरकारले आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । मत्सेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिइने भएको छ।

गृह मन्त्रालयका अनुसार जेठ १८ गते आइतवार ललितपुरमा आयोजना हुने परम्परागत भोटो जात्राको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको हो।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित सूचनामा २०८१ साल फागुन १५ गतेको नेपाल राजपत्रमा प्रकाशित निर्णयअनुसार उक्त विदा प्रदान गरिने उल्लेख गरिएको छ।