Dhulikhel Eco Banner new

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

2.25K
shares

काठमाडौं, १८ जेठ । नेपाल आयल निगमले आइतवार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमको सञ्चालक समितिको बैठकले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

नयाँ मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर १ रूपैयाँ वृद्धि गरिएको छ भने पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ बढाइएको छ। मूल्यवृद्धिपछि उपभोग वर्गअनुसार डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर १४०.५० रूपैयाँ, १४२ रूपैयाँ र १४३ रूपैयाँ पुगेको छ। यस्तै, पेट्रोलको मूल्य क्रमशः १५६.५० रूपैयाँ, १५८ रूपैयाँ र १५९ रूपैयाँ कायम गरिएको छ।

यता आन्तरिकतर्फको हवाई इन्धनको मूल्य भने घटाइएको छ। अब आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रूपैयाँले घटाएर ११८ रूपैयाँ कायम गरिएको छ।

अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य काठमाडौंमा प्रतिकिलोलिटर ९०१ अमेरिकी डलर, पोखरामा ७२१ डलर र भैरहवामा ७०६ डलर तोकिएको छ।

नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीमा आधारित भएर स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो।