Dhulikhel Eco Banner new

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक सञ्चालक पक्राउ

2.69K
shares

काठमाडौं, १८ जेठ । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर रायलाई बैंकिङ कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले शनिबार रायलाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो। सल्यान घर भएका ६५ वर्षीय रायमाथि अध्यक्ष र सीईओको हैसियतमा रहँदा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ।

उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार मुद्दा दर्ता गरिएको छ भने नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।