Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.38K
shares

काठमाडौं, १८ जेठ । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रवार तोलामा १ लाख ८८ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आइतवार ३ सयले बढेर प्रतितोला १ लाख ८८ हजार ८ सयमा कायम भएको हो ।

त्यस्तै, आइतवार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । शुक्रवार तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार बढेर प्रतितोला १ हजार ९८५ रुपैयाँमा कायम भएको छ ।