उच्च अंकले घट्यो शेयर बजार, २१४ कम्पनीको शेयर मूल्यमा गिरावट
वि.सं.२०८२ जेठ २० मंगलवार १५:०७
1.55K
shares
shares

काठमाडौं, २० जेठ । मंगलवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३५.७३ अंकले घटेर २,६५९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ६७ करोडको कारोबार भएको हो ।
शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्स र पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.८९ प्रतिशतका दरले गुमाएका छन् ।



















