उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनी बने मालामाल
वि.सं.२०८२ जेठ २० मंगलवार १५:२२
shares

काठमाडौं, २० जेठ । मंगलवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३५.०७ अंकले घटेर २,६५९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ६७ करोडको कारोबार भएको हो ।
शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्स र पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै प्रभु स्मार्ट फन्ड ४.९१ प्रतिशतका दरले कमाएका छन् भने नारायणी विकास बैंक लिमिटेड ३.५९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड ३.१४ प्रतिशतका दरले कमाएका छन् ।



















