Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, निरन्तर घट्दै कारोबार रकम

2.05K
shares

काठमाडौं, २१ जेठ । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ६.८७ अंकले घटेर २,६५२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १६ करोडको कारोबार भएको हो ।

शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ६.८२ प्रतिशतका दरले गुमाएका छन् ।