Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट

2.34K
shares

काठमाडौं, ३० जेठ । सिद्धार्थ बैंक र लोमस डिजिटलबीच बैंकका ग्राहकहरुलाई रिलपुल प्रोडक्टस् र किचेन एड प्रोडक्टसमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले उत्तरढोका, काठमाण्डौं स्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिग सेवाबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नेछन्।