Dhulikhel Eco Banner new

टेलिकमको प्रणाली मर्मतका कारण केही सेवा अस्थायी रुपमा बन्द हुने

1.77K
shares

काठमाडौं, असार ३। नेपाल टेलिकमले आफ्नो ग्राहक सेवा प्रणालीको नियमित मर्मतसम्भारका कारण केही सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जनाएको छ।

कम्पनीका अनुसार असार ३ गते राति ११५५ बजेबाट करिब एक घण्टासम्म रिचार्ज, ब्यालेन्स सोधपुछ तथा विभिन्न प्याकेज सदस्यता सेवाहरूमा अवरोध हुन सक्छ।

यद्यपि, यस मर्मत अवधिमा स्वर सेवा एसएमएस इन्टरनेट तथा इन्टरनेट प्रोटोकल टेलिभिजन सेवा भने यथावत रूपमा सञ्चालनमा रहने टेलिकमले स्पष्ट पारेको छ।

कम्पनीले आवश्यक प्राविधिक मर्मत कार्यलाई लक्षित गरी पूर्वसूचना दिँदै ग्राहकवर्गमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत जनाएको छ। टेलिकमले मर्मतपछिका सेवाहरू थप सुदृढ र प्रभावकारी हुने विश्वास दिलाएको छ।