Dhulikhel Eco Banner new

देशभित्रै भविष्य खोज्ने अभियानलाई तीव्रता दिन अर्थमन्त्रीको आह्वान

1.46K
shares

काठमाडौं,३ असार । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली युवालाई देशभित्रै भविष्य खोज्न र नेपालमै लगानी गर्न आह्वान गरेका छन्। राजधानीमा आयोजित ‘कोरियाको अनुभवमा आधारित सफलताका कथाहरू’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले विदेशमा आर्जन गरिएको सीप, ज्ञान र पूँजीलाई स्वदेशमै प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन्।

“नेपाल भूगोलका हिसाबले सानो देखिए पनि प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक रूपमा अत्यन्त सम्पन्न राष्ट्र हो,” मन्त्री पौडेलले भने, “यदि हामीले यी सम्भावनाहरूको उपयोग गर्न सक्यौं भने देशलाई छिट्टै समृद्धिको दिशामा अघि बढाउन सक्छौं।”

विश्व परिवेश परिवर्तनशील रहेको र मानिसहरू अध्ययन, श्रम तथा व्यवसायका सिलसिलामा विभिन्न देश पुग्नु सामान्य भएको उल्लेख गर्दै उनले विदेशबाट फर्किएका युवाहरूलाई नेपालमै सीप प्रयोग गर्न प्रेरित गरे।

“विदेशमा सिकिएका सीप, पुँजी र अनुभवलाई देशमै सदुपयोग गर्ने हो भने समृद्ध नेपाल निर्माण असम्भव छैन,” उनले भने आजको विश्व परिवेशमा अध्ययन, श्रम र व्यवसायका सिलसिलामा मानिसहरू विभिन्न देश पुग्ने क्रम स्वाभाविक भएको भन्दै उनले विदेशमा गइ सिकेका ज्ञान, सीप र पुँजीलाई स्वदेशमै लगानी गर्न युवाहरूलाई आग्रह गरे।

कोरियाको अनुभव उदाहरणीय रहेको उल्लेख गर्दै उनले विदेशमा आर्जन गरिएका सीप र पूँजीको सदुपयोग गरेर नेपाललाई समृद्ध बनाउन सकिने विश्वास व्यक्त गरे।