Dhulikhel Eco Banner new

शेयर बजारमा १४८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.47K
shares

काठमाडौं, ३ असार । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ३.९० अंकले घटेर २,६५६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ६५ करोडको कारोबार भएको हो ।

शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.६२ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन, नारायणी विकास बैंकका लगानीकर्ताले ३.९४ प्रतिशतका दरले गुमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले ३.७७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ३.२१ प्रतिशतका दरले गुमाएका छन् भने ओरेन्टल होटलका लगानीकर्ताले २.८७ प्रतिशतका दरले गुमाएका छन् ।