यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा
वि.सं.२०८२ असार ५ बिहीवार ११:१३
2.26K
shares
shares

काठमाडौं, ५ असार । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।
















