Dhulikhel Eco Banner new

राताम्य भएको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.15K
shares

काठमाडौं, ५ असार । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २४.७६ अंकले घटेर २,६२९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ११ अर्ब २३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

राताम्य भएको शेयर बजारमा भुगोल इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् भने कर्पोरेट विकास बैंकका लगानीकर्ताले ६.४४ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी, सप्तकोशी विकास बैंकका लगानीकर्ताले ५.९० प्रतिशतका दरले गुमाएका छन् ।