Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीको लगानीकर्ता बने मालामाल

2.12K
shares

काठमाडौं, ५ असार । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २४.५९ अंकले घटेर २,६२९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ११ अर्ब २३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा पञ्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।

यसदिन मध्ये भोटेकोशी जलविद्युतका लगानीकर्ताले ५.५५ प्रतिशतका दरले कमाएका छन् भने शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ४.०४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, पाचथर पावरका लगानीकर्ताले ३.५९ प्रतिशतका दरले कमाएका छन् भने आखुखोला जलविद्युतका लगानीकर्ताले ३.२३ प्रतिशतका दरले कमाएका छन् ।