Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, २०१ कम्पनीको शेयर मूल्यमा गिरावट

2.11K
shares

काठमाडौं, ५ असार । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २४.५९ अंकले घटेर २,६२९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ११ अर्ब २३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा पञ्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।