सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ साउन १३ बुधवार १५:२७
shares

काठमाडौं, १३ साउन । बुधवार शेयर बजार सामान्ये अंकले घटेको छ । शेयर बजार ७.७९ अंकले घटेर २६८८.८८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्बको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा गरिमा समृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.६० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि सिभिल बैंक डिबेन्चर २०८८का लगानीकर्ताले ६.०१ प्रतिशतका दरले गुमाएका छन् भने मातृभूमि लागुवित्त बित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४.५४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ४.४२ प्रतिशतका दरले गुमाएका छन् भने शुभम पावर लिमिटेडका लगानीकर्ताले ४.२६ प्रतिशतका दरले गुमाएका छन् ।
















