माइतीघरमा आज पनि लघुवित्त पीडितको धर्ना (तस्बिरहरू)
वि.सं.२०८३ साउन १३ बुधवार १५:४८
shares

काठमाडौं, १३ साउन । लघुवित्त पीडितहरूले आज दोस्रो दिन पनि काठमाडौँको माइतीघरमा धर्ना जारी राखेका छन्।
लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, लघुवित्त, बैङ्क तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्नुपर्ने, चर्को तथा चक्रवर्ती ब्याज लिन नपाइने, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरूको माग छ ।
साथै, जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असुलीको न्यायिक निरुपण गर्न सरकारसँग उनीहरुको माग छ। उनीहरुले हिजो मंगलबार बालुवाटारमा धर्ना दिएका थिए।



















