Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

572
shares

काठमाडौं, १३ साउन । बुधवार शेयर बजार सामान्ये अंकले घटेको छ । शेयर बजार ७.७९ अंकले घटेर २६८८.८८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब २ करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले ४.९० प्रतिशतका दरले कमाएका छन् भने नबिल ब्यालेन्स्ड फन्ड ३का लगानीकर्ताले ३.९१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि खानीखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ३.६२ प्रतिशतका दरले कमाएका छन् भने हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले ३.३५ प्रतिशतका दरले कमाएका छन् ।