Dhulikhel Eco Banner new

सामान्य अकंले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

663
shares

काठमाडौं, १३ साउन । बुधवार शेयर बजार सामान्ये अंकले घटेको छ । शेयर बजार ७.७९ अंकले घटेर २६८८.८८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब  कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि गरिमा समृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.६० प्रतिशतका दरले गुमाएका छन् ।