Dhulikhel Eco Banner new

मातृभूमि लघुवित्तमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?

2.08K
shares

काठमाडौं, ५ असार। मातृभूमि लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक पदमा खुला प्रतिस्पर्धाबाट स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

कम्पनीका अनुसार उक्त पदमा बैंक तथा वित्तीय संस्था वा लघुवित्तमा कम्तीमा ६ महिनाको कार्य अनुभव भएकालाई बढी प्राथमिकता दिइनेछ। एसईई वा सो सरह उत्तीर्ण गरेकाले पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

आवेदन दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक आवेदकले असार १९ गतेभित्र आवेदन दिन सक्नेछन।