Dhulikhel Eco Banner new

११ महिनामा ६१ करोड बराबरको मरिच आयात, २३ करोड राजस्व संकलन

1.73K
shares

काठमाडौं, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म  नेपालले करिब ६१ करोड बराबरको मरिच आयात गरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा ६१ करोड १२ लाख ५४ हजार रुपैयाँ बराबरको मरिच आयात गरिएको हो।

कुल आयातमध्ये ५२ करोड ५७ लाख ७२ हजारको कालो मरिच र ८ करोड ५४ लाख ८२ हजार रुपैयाँको सेतो मरिच नेपाल भित्रिएको छ।

विभागका अनुसार, मरिच आयातबाट २३ करोड ४१ लाख ४१ हजार राजस्व संकलन गरिएको छ। सेतो मरिच मुख्यतः भियतनाम, भारत, इन्डोनेसिया र कतारबाट आयात गरिएको जानकारी विभागले दिएको छ।