Dhulikhel Eco Banner new

बीमा ऐनअनुसार अध्यक्ष सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण

1.48K
shares

काठमाडौं, ११ असार । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा प्रेमा राज्य लक्ष्मी सिंह पुनः निर्वाचित भएकी छन्। कम्पनीको ३७औं वार्षिक साधारण सभाले २०८२ असार ५ गते सर्वसम्मतिबाट श्रीमती सिंहलाई सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त गरेको हो।

सोही अनुसार, बीमा ऐन २०७९ को दफा ४७९६० को व्यवस्था अनुसार नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एक विशेष कार्यक्रममा सिंहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

शपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री पनि उपस्थित थिए।

कार्यक्रमका दौरान अध्यक्ष ओझाले सिंहको पुनः निर्वाचित कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। आफ्नो तर्फबाट प्रतिक्रिया दिँदै श्रीमती सिंहले नेपाल बीमा प्राधिकरणप्रति आभार प्रकट गर्दै सञ्चालक समितिको तर्फबाट सहयोग र मार्गदर्शनको अपेक्षा व्यक्त गरिन्।