Dhulikhel Eco Banner new

आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

2.35K
shares

काठमाडौं, ११ असार । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ। लघुवित्तले विद्यमान संस्थापक शेयरधनीको लागि संस्थापक शेयर बिक्रीमा राखेको हो।

संस्थाले संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर मध्ये आंशिकरपुरा शेयरहरु बिक्रीमा राखेको हो। कम्पनीले संस्थापक शेयरको संख्या भने खुलाएको छैन ।

उक्त, शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा निवेदन दिन सक्नेछन्। निवेदन दिनका लागि यस संस्थाको केन्द्रीय कार्यालय बनेपा –१० काभ्रेपलान्चोकमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई निवेदन दिन सक्नेछन् ।

साथै, तोकेको म्याद भित्रमा विद्यमान संस्थापक शेयरधनीबाट निवेदन नआएमा सो शेयर संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्रीमा राखिने यस संस्थाले सूचना मार्फत जानकारी दिएको दिएको छ ।