Dhulikhel Eco Banner new

शेयर बजारमा १५५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.6K
shares

काठमाडौं, १२ असार । बिहीवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ४.४५ अंकले घटेर २,५९८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ७ अर्ब ७८ करोडको कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा रिलायबल समुद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.३० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन ओम मेगाश्री फार्मास्यूटिकल्सका लगानीकर्ताले ६.०६ प्रतिशतका दरले गुमाएका छन् भने पियोर इनर्जीका लगानीकर्ताले ४.८६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, जोशी हाइड्रोपावरका लगानीकर्ताले ४.४५ प्रतिशतका दरले गुमाएका छन् भने के्रष्ट माइक्रो लाइफका लगानीकर्ताले ३.८५ प्रतिशतका दरले गुमाएका छन् ।