दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम घट्यो
वि.सं.२०८२ असार १६ सोमवार १५:१२
3.13K
shares
shares

काठमाडौं, १६ असार । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ११.९९ अंकले बढेर २,६३४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ६ अर्ब ३८ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा राप्ती हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.९२ प्रतिशतका दरले गुमाएका छन् ।
















