Dhulikhel Eco Banner new

शेयर बजारमा ११५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.33K
shares

काठमाडौं, २४ असार । मंगलवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ३.६१ अंकले बढेर २,६८७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ५७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ५.०८ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन १२ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ र भुगोल इनर्जीका लगानीकर्ताले ३.९२ प्रतिशतका दरले गुमाएका छन् भने माथिल्लो मैलुङ हाइड्रोपावरका लगानीकर्ताले ३.१४ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी, एनआईसी एशिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले २.७९ प्रतिशतका दरले गुमाएका छन् ।