Dhulikhel Eco Banner new

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

4.86K
shares

काठमाडौं, ५ असार । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १२ हजार ५०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले आइतवार सूचना जारी गर्दै संस्थापक शेयर बिक्री गर्ने जानकारी दिएको हो । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय मैतिदेवी, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई उक्त शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ ।