दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि
वि.सं.२०८२ असार २६ बिहीवार १५:०६
2.63K
shares
shares

काठमाडौं, २६ असार । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २७.१५ अंकले बढेर २,७३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब ६८ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा माइखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.१५ प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.५२ प्रतिशतका दरले गुमाएका छन् ।


















