Dhulikhel Eco Banner new

शेयर बजारमा ८७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2K
shares

काठमाडौं, २६ असार । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २७.१५ अंकले बढेर २,७३३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब ६८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.९२ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन राप्ती हाइड्रोका लगानीकर्ताले ६.४७ प्रतिशतका दरले गुमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले ४.३९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी,पञ्चकन्यामाई हाइड्रोका लगानीकर्ताले ४.३५ प्रतिशतका दरले गुमाएका छन् भने गार्डीयन माइक्रो लाइफको लगानीकर्ताले ३.६७ प्रतिशतका दरले गुमाएका छन् ।