Dhulikhel Eco Banner new

सानिमा बैंकले पायो ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति

7.01K
shares

असार ५, काठमाडौं । सानिमा बैंकले  ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

कम्पनीले रू. १ हजार अंकित दरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनबाट जेठ ३० गते अनुमति पाएको हो । बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

ऋणपत्र निष्कासन गर्न स्वीकृती पाएसँगै कम्पनीले कुल ५० लाख कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

कम्पनीले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा आगामी १० वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्नका लागि सेबोनबाट अनुमति पाएको हो ।