Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.59K
shares

काठमाडौं, २९ असार । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.३५ अंकले बढेर २,७६२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १५८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ११ अर्ब ४१ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा एनआइसी एशिया बैंक र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

यसदिन जिवन विकास लघुवित्तका लागनीकर्ताले ९.६१ प्रतिशतका दरले कमाएका छन् भने नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले ७.३० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी समाज लघुवित्तका लगानीकर्ताले ६.५० प्रतिशतका दरले कमाएका छन् ।