Dhulikhel Eco Banner new

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी निरौला पक्राउ

2.15K
shares

काठमाडौं, ३० असार । बैंकिङ कसूर मुद्दामा फरार रहेका भिम प्रसाद निरौलालाई प्रहरीले शनिबार ललितपुरबाट पक्राउ गरेको छ। पक्राउ परेका निरौला ललितपुरको महालक्ष्मी नगरपालिका–८ बसोबास गर्दै आएका दार्चुला महाकाली नगरपालिका–४ स्थायी बासिन्दा हुन्।

जिल्ला अदालत काठमाडौंबाट २०८१ साल फागुन १२ गते पक्राउ अनुमति जारी भएको भए पनि उनी लामो समयदेखि फरार थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ ईमाडोल क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउपश्चात उनलाई थप अनुसन्धान र कानुनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वरमा पठाइएको प्रहरीले जनाएको छ।