Dhulikhel Eco Banner new

कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

2.18K
shares

काठमाडौं, २ साउन । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी निलकण्ठ उप्रेतीको नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

कम्पनीले हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी उक्त शेयर बिक्रीमा राखेको हो।

सो शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र कास्कीको पोखरा–१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।