Dhulikhel Eco Banner new

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.09K
shares

काठमाडौं, ४ साउन । स्थानिय बजारमा आइतवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ८ सयले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।

शुक्रवार प्रतितोला १ लाख ९२ हजार ५ सयमा कारोवार भएको सुनको मुल्य आइतवार ८ सयले बढेर प्रतितोला १ लाख ९३ हजार ३ सयमा कायम भएको हो ।

त्यस्तै, आइतवार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । शुक्रवार तोलामा २ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार बढेर २ हजार २८५ रुपैयाँमा कायम भएको छ ।