Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.67K
shares

काठमाडौं, ४ साउन । आइतवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.८७ अंकले घटेर २,८६७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन २१ अर्ब ४६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा उन्नती सहकार्य लघुवित्त र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन ट्रेड टावर र शिव श्रि हाइड्रोपावरका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने बिन्दवासिनी हाइड्रोपावरका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् ।