Dhulikhel Eco Banner new

१० ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षणका लागि बंगलादेशी कम्पनी छनौट

3.47K
shares

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले देशका १० ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षण (सम्पत्ति गुणस्तर मूल्याकंन) गर्न बंगलादेशस्थित अडिट कम्पनी हौलादार युनुस एण्ड कम्पनीलाई छनोट गरेको छ।

राष्ट्र बैंकले प्राविधिक मूल्याङ्कनपछि उक्त कम्पनीलाई मात्र छनोट गरी आर्थिक प्रस्ताव खोलेको थियो। कम्पनीले आर्थिक प्रस्तावमा ६२ लाख ५४ हजार ९१२ रुपैयाँमा सम्झौता गरी परीक्षणका लागि जिम्मेवारी पाएको छ।

यो छनोट प्रक्रिया नेपाल सरकारको सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३८ को उपदफा २ बमोजिम गरिएको हो।

२०७८ पुसमा सात कम्पनीले आवेदन दिएकोमा प्राविधिक मूल्यांकनबाट केवल बंगलादेशी कम्पनी हौलादार युनुस एण्ड कम्पनी मात्र छनोटमा परेका थिए।