Dhulikhel Eco Banner new

उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.03K
shares

काठमाडौं, १५ साउन । बिहीवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३८.४० अंकले घटेर २,९१५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १५ अर्ब ९८ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा ट्रेड टावर र नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन कर्पोरेट विकास बैंकका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् भने ग्रिन विकास बैंकका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले कमाएका छन् ।