Dhulikhel Eco Banner new

आइतबार सार्वजनिक बिदा

1.56K
shares

काठमाडौं, २३ साउन । बागमती प्रदेश सरकारले साउन २५ गते (आइतबार) पर्ने गाईजात्रा पर्वका अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश राजपत्रमा सूचना प्रकाशित भइसकेको छ । सोही आधारमा गाईजात्राका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा घोषणा गरिएको हो ।

प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० लागु गर्दै सो ऐन अनुसार २०८१ चैत १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले गाईजात्रासहित अन्य चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार गाईजात्रा पर्वको बिदा प्रदेशको वार्षिक सार्वजनिक बिदा तालिकामा समावेश गरिएको हो ।

गाईजात्रा विशेष गरी नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व हो, जुन काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न नेवार बहुल क्षेत्रमा भव्य रूपमा मनाइन्छ ।