Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

3.63K
shares

काठमाडौं, २८ साउन । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार  १०.५० अंकले घटेर २,७९० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ६ अर्ब १६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा मायाखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ५.७४ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन सानिमा लार्ज क्याप फन्डका लगानीकर्ताले ४.३२ प्रतिशतका दरले कमाएका छन् भने नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ३.६६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, सप्तकोशी विकास बैंकका लगानीकर्ताले ३.३३ प्रतिशतका दरले कमाएका छन् भने समाज लघुवित्तका लगानीकर्ताले ३.३१ प्रतिशतका दरले कमाएका छन् ।