राष्ट्र बैंकका कारण शेयर बजार घट्यो : एमाले नेता भट्टराई
वि.सं.२०७९ असार ६ सोमवार १८:०८
shares

काठमाडौं, ६ असार । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेपाल राष्ट्र बैंकका कारण शेयर बजार घटेको बताएका छन् ।
लगानीकर्ताको आमरण अनसनमा ऐक्यवद्धता जनाउन खुमलटार पुगेका नेता भट्टराईले शेयर बजार बढिरहेका बेला आएको राष्ट्र बैंकका केही नीतिका कारण बजार घटेको बताएका हुन् ।
उनले लगानीकर्ताको हित आफू र आफ्नो पार्टीले चाहेको बताए । लगानीकर्ताको जायज मागहरु पुरा गर्न समेत नेता भट्टराईले सरकारसँग माग गरेका छन् ।
६ दिनदेखि शेयर बजारको विकास र विस्तारका लागि लगानीकर्ता तिलक कोइराला आमरण अनसनमा बसेका छन् ।
नेता भट्टराईले कोईरालाको स्वास्थ्य लाभको कामना समेत गरे । ’मागहरु चाडो पुरा हुन्, अनसन बस्नु भएको मान्छेको स्वास्थ्यमा थप समस्या नभई समस्या समाधान हुनुपर्छ’ नेता भट्टराईले भने ।


















