Dhulikhel Eco Banner new

नर्वेमा बज्यो नौमती बाजा, घुमधाम सम्पन्न भयो नेपाली विवाह

5.85K
shares

ओस्लो, नर्वे । नेपाली परम्परा र संस्कुतिको झलकका साथ नर्वेमा पहिलोपटक एक ऐतिहासिक विवाह सम्पन्न भएको छ । नर्वेको गार्डेस् ब्राइनस्थित कालबाकेन हलमा झण्डै ३०० जनाको उपस्थितिमा नौमती बाजा, नेपाली परिकार, नाचगान र सांस्कृतिक कार्यक्रमका साथ सुषमा थापा र मेजर बलबहादुर आलेको विवाह सम्पन्न भएको हो ।

विवाह समारोहका लागि बेहुला पक्ष मगर समुदायको पहिरनमा सजिएर मौलिक नेपाली  बाजागाजासहित ओस्लो आइपुगेका थिए । बेहुली सुषमा थापाकापिता जगत बहादुर थापा र माता नानी माया थापाले रातो टिका र अक्षता लगाई जन्तीलाई विधिपूर्वक स्वागत गरेका थिए ।

विवाह समारोहका लागि बेहुला पक्ष नेपाली पहिरनमा सजिएर मौलिक नेपाली बाजागाजासहित ओस्लो आइपुगेका थिए। बेहुली सुषमा थापाका पिता जगत बहादुर थापा र माता नानी माया थापाले रातो टीका र अक्षता लगाई जन्तीलाई विधिपूर्वक स्वागत गरेका थिए।

झण्डै ३५ वर्षदेखि नेपालीहरूको बसोबास रहेको नर्वेमा नौमती बाजासहितको यो पहिलो विवाह भएको बताइएको छ। यसले नेपाली परम्परा र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने ऐतिहासिक अवसर सिर्जना गरेको छ।

नेपालको गोरखाबाट आएका बेहुला मेजर बल बहादुर आले हाल नेपाली सेनामा कार्यरत छन्। सांस्कृतिक कार्यक्रमको क्रममा नौमती बाजासँगै दोहोरी गीत, नाचगान प्रस्तुत गरिएको थियो। नेपाली परिकारहरू – सेलरोटी, अचार लगायतका परम्परागत खानाले पाहुनाहरूलाई नेपालको स्वाद दिलाएको थियो।

राति ९ः३० बजे सम्म चलेको यो समारोह नर्वेमा सम्पन्न नेपाली परम्परागत विवाहको इतिहासमा एक प्रेरणादायी उदाहरण बन्न पुगेको छ।