सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ भदौ ६ शुक्रवार १०:१२
3.07K
shares
shares

काठमाडौं, ६ भदौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले १३ लाख ४७ हजार ५८८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
कम्पनीले उक्त शेयर सर्वसाधारण, संस्थापक शेयरधनी वा संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।
उक्त शेयर किन्न इच्छुकले आउँदो भदौ १९ गतेभित्र काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ।
यसअघि यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्रीमा राखिसकिएको कम्पनीले जनाएको छ ।
















