नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो
वि.सं.२०८२ भदौ ६ शुक्रवार १०:३८
shares

काठमाडौं, ६ भदौ । नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी/उपसेनानी) मा २८० जनाका लागि नयाँ भर्ना खुलाएको छ।
नेपाली सेनाले शुक्रवार एक सूचना प्रकाशित गर्दै खुल्लाबाट १४६ जना माग गरिएको छ भने बाँकी १३४ जना समावेशी तर्फबाट माग गरेको हो ।
आवेदन दिनका लागि विभिन्न ८ वटा केन्द्रहरू तोकिएको छ। आवेदकले आफूलाई पायक पर्ने केन्द्रबाट आवेदन दिन सक्नेछन्। सम्पर्क मिति असोज २४ गते बिहान ११ बजे आफूले आवेदन दिएको केन्द्रमा तोकिएको छ।
यसमा भदौ ६ गतेदेखि असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर असोज ११ गतेसम्म आवेदन दिन मिल्नेछ।

















