माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँड
वि.सं.२०८२ भदौ ८ आइतवार १०:२३
shares

काठमाडौं, ८ भदौ । माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बाँडफाँड भएको छ। कम्पनीले साउन २६ देखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
उक्त आईपीओमा रीतपूर्वक आवेदन दिनेको संख्या २१ लाख ९७ हजार ५८२ पुगेको छ। तीमध्ये भाग्यमानी १ लाख २४ हजार ८९० जना आवेदकले लक्की ड्र मार्फत १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
१० कित्ताभन्दा बढीका लागि आवेदन दिएका आवेदकमध्ये थप ४ जना भाग्यमानीले १/१ कित्ता थप पाएका छन्, जसअनुसार उनीहरूले ११र११ कित्ता शेयर हात पारेका छन्। बाँकी सबै आवेदक भने यसपटक पनि शेयर पाउनबाट वञ्चित भएका छन्। बाँडफाँडअनुसार २१ लाखभन्दा बढी आवेदकको हात रित्तो भएको हो ।
बाँडफाँड प्रक्रिया सम्पन्न भएसँगै अब शेयर खातामा शेयर पठाउने, सीडीएस र क्लियरिङ लिमिटेडमार्फत प्रमाणपत्र पठाउने, र फिर्ता हुने रकम सम्बन्धित बैंक खातामा फिर्ता गर्ने प्रक्रिया सुरु हुनेछ।
















