Dhulikhel Eco Banner new

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

2.72K
shares

काठमाडौं, १ असोज । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूका लागि बीमाशुल्क भुक्तानीमा आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ। अब बीमालेख नवीकरणको मिति अगावै वा त्यस मितिपछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकहरूले विशेष लाभ पाउनेछन्।

कम्पनीले जानकारी दिएको अनुसार, ई सेवा र खल्ती जस्ता डिजिटल माध्यममार्फत बीमाशुल्क तिर्ने ग्राहकहरूलाई ०.५ प्रतिशत क्यासब्याक प्रदान गरिनेछ, जसको अधिकतम सीमा रु १,००० तोकिएको छ।

उक्त योजना असोज १ देखि मंसिर २९, २०८२ सम्म लागू हुनेछ। कम्पनीको भनाइ अनुसार, यस अफरमार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवालाई अझ सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने लक्ष्य लिइएको छ।

ग्राहकहरूलाई थप जानकारीका लागि कम्पनीको फोन नम्बर ९८०१२३४४४४ वा ०१–४५३६१२६, ४५३६१२७, ४५३६१२८ मा सम्पर्क गर्न वा इमेल ठेगाना उल्लेख गर्न बाँकीे मा ईमेल पठाउन सकिने जनाइएको छ।