Dhulikhel Eco Banner new

गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

2.46K
shares

काठमाडौं, ३ असोज । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख १२ हजार ८३४.६५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म केही कित्ताका लागि मात्रै आवेदन परेपछि बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्रीमा राखेको हो।

उक्त शेयर किन्न इच्छुक सर्वसाधारणले अबको १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर कित्ता र मूल्य खुलाएर निवेदन दिनु पर्नेछ।