Dhulikhel Eco Banner new

आइजीआई प्रुडेन्सियल र काठमाडौं नेशनल मेडिकल कलेजबीच नगदरहित सेवा सम्बन्धी सम्झौता

1.78K
shares

काठमाडौं, २१ असोज । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयर प्रा.लि. बीच नगदरहित औषधोपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत जहान्गिर अन्सारीले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि आइजीआई प्रुडेन्सियलबाट औषधोपचार बीमा खरिद गरेका ग्राहकहरूले बीमालेखको सीमासम्म अस्पतालमा नगदरहित सेवा लिन सक्नेछन्।

कार्यक्रममा शरण रेग्मीले अस्पतालसँग आवद्ध सदस्यहरूलाई आइजीआई प्रुडेन्सियलको सेवा लिन आग्रह गर्दै, सबै प्रकारका निर्जीवन बीमा सेवा यस कम्पनीबाट ढुक्क भएर प्राप्त गर्न सकिने बताएका छन्।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत अन्सारीले अस्पतालको सेवा लिने सन्तुष्ट ग्राहक संख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै, बीमा सेवाका लागि कम्पनीसँग सहकार्यलाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।