Dhulikhel Eco Banner new

कुमारी बैंक र जिआइजेड नेपालबीच समझदारीपत्रमा हस्ताक्षर

3.22K
shares

काठमाडौं, २४ असोज । नेपालमा विद्युतीय गतिशीलतालाई प्रवर्द्धन गर्न कुमारी बैंक लिमिटेड र गेसेलशाफ्ट फ्युर इन्टरनासियोनाले जुजामेनआर्बाइट ९जिआइजेड० जिएमबिएच (जिआइजेड नेपाल) बीच ‘सस्टेनएबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल’ परियोजनाअन्तर्गत समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय सञ्चालन गर्नेहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउनेछ र विद्युतीय सार्वजनिक सवारीसाधनको सञ्चालनमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ। विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरूको इएमबिएस ९भ(ःद्यद्यक्० स्वीकृति तथा सञ्चालनलाई तीव्र बनाउन यो पहल गरिएको हो।

सस्टेनएबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल परियोजना जिआइजेड नेपाल र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट को संयुक्त प्रयासमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित अन्य साझेदारहरूको सहकार्यमा सञ्चालन भइरहेको छ। यो परियोजना मिटिगेसन एक्सन फ्यासिलिटीको आर्थिक सहयोगमा कार्यान्वयनमा आएको हो र यसले करिब ३,५०० विद्युतीय मिनीबसहरू सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

परियोजनाले नेपालमा सार्वजनिक यातायात प्रणालीलाई सफा, हरित र दिगो बनाउने लक्ष्य लिएको छ। विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न परियोजनामा मोबाइल एप्लिकेसन्स, जीपीएस डिभाइस, एलईडी रुट डिस्प्ले टाइप ओपन लुप ई–टिकटिङ सिस्टम लगायतका डिजिटल प्रविधिहरूको प्रयोग गरिनेछ।

सार्वजनिक यातायात व्यवसायीलाई विद्युतीय बस प्रयोग गर्न प्रोत्साहित गर्न कुमारी बैंकले विशेष लोन प्याकेज र प्रारम्भिक डाउन पेमेन्टमा अनुदान ९सब्सिडी० प्रदान गर्नेछ। यसले सवारी साधनको खरिद लागत कम गर्न सहयोग पुर्‍याउने र विद्युतीय यातायातलाई आर्थिक रूपमा पनि सुलभ बनाउने अपेक्षा गरिएको छ।

विगत २४ वर्षदेखि सेवा दिँदै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाई र ३१७ एटिएममार्फत अत्याधुनिक सेवा दिँदै आएको छ। बैंकले भविष्यमा पनि नवप्रवर्तनमूलक तथा दिगो विकासमा आधारित सहकार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।