Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

3.51K
shares

काठमाडौं, ३० असोज । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १८.४० अंकले घटेर २,४८७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब २७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा हिमालयन पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९३ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन कालिका लघुवित्तका लगानीकर्ताले ५.६९ प्रतिशतका दरले कमाएका छन् भने इन्फिनीटी लघुवित्तका लगानीकर्ताले ३.८९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी सलिको इन्स्योरेन्सका लगानीकर्ताले ३.७९ प्रतिशतका दरले कमाएका छन् भने एसबिएल इक्वीटी फन्डका लगानीकर्ताले २.७२ प्रतिशतका दरले कमाएका छन् ।