Dhulikhel Eco Banner new

वित्तीय विवरण सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई समय थप

2.65K
shares

काठमाडौं, २ कात्तिक । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्न समयसीमा थप गरेको छ। अब ती संस्थाहरूले कात्तिक २१ गतेसम्म विवरण प्रकाशित गर्न सक्नेछन्।

यसअघि त्रैमासिक वित्तीय विवरण सम्बन्धित त्रैमास सकिएको १५ दिनभित्र अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने व्यवस्था थियो। तर, केन्द्रीय बैंकले यसपालि सहजीकरणस्वरूप समयसीमा पाँच दिन थप गरेको हो।

साथै, राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासमा कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकम बाहेकका बाँकी ब्याज आम्दानी बराबरको रकम नियमनकारी कोषमा जम्मा गर्न निर्देशन दिएको छ।

यसका लागि आयकर, कर्मचारी बोनस, साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याइएको रकम कट्टा गरी बाँकी मुनाफाबाट नियमनकारी कोषमा रकम जम्मा गर्नुपर्ने स्पष्ट गरिएको छ।

राष्ट्र बैंकको यो निर्णयले बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक विवरण प्रकाशनमा आवश्यक सहजता पुर्‍याउने विश्वास गरिएको छ।